बैतडीमा एक घरमा आगलागी, ५ लाख बराबरको क्षती

Posted on: 16 Jul, 2019

असार ३१, बैतडी | बैतडीमा एक घरमा आगलागी हुँदा करिब ५ लाख बराबरको क्षती भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका वडा नम्वर ५ लार्कोटका हजारी चन्दको दुई तले कच्ची घरमा आगलागी हुँदा ५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ। 

मंगलबार मध्यान्ह १२ बजेतीर सुधारीएकोे चुलोमा खाना पकाउँदा आगो सल्केर आगलागी भएको प्रहरीले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार चन्दको पुरै घर जलेर ध्वस्त भएको छ। मानविय क्षती भने नभएको र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको हो |




यस बिषयमा तपाइको प्रतिक्रिया...!