मलेशियामा बस्ने थारु युवाहरूद्वारा नेपालमा ट्रेड सेन्टर खोल्ने तयारी

Posted on: 31 Jan, 2019

साजन शर्मा । माघ १७, मलेसिया । स्वदेशमै रोजगारीको बाताबरण बनाउने उदेश्यका साथ मलेशियामा बस्ने थारु समुदायका युवाहरूले नेपालमा ट्रेड सेन्टर खोल्ने तयारीमा जुटेका छन् । 

नयाँ बर्ष २०१९ को अवसरमा प्रवासी थारु सेवा समाज मलेसियाका प्रतिनिधि तथा अगुवाहरुको उपस्थितिमा भएको छलफलमा मलेसियामा कार्यरत थारु युवालाई नेपाल फर्केपछि स्वरोजगार बनाउने उदेश्यले बुटवलमा ट्रेड सेन्टरको कार्यालय खोल्ने योजना बनाएका छन् ।


करिब १ करोडको लगानीमा फेन्सि, गिफ्ट र कस्मेटिकको थोक तथा खुद्रा ब्यापार संचालन गर्नुका साथै विभिन्न जिल्लाहरुमा शाखा खोल्ने तयारीमा जुटेका छन् । सो ट्रेड सेन्टर संचालनको नेतृत्व प्रवासी थारु सेवा समाजका अध्यक्ष मनिराम थारुले गर्ने र तालीम तथा ब्यापार ब्यवस्थापन सम्बन्धि कार्य संस्थाका सल्लाहकार रमेश कुमार पजियार थारुले गर्ने सहमति गरेका छन् ।

ट्रेड सेन्टर मलेशियामा बस्ने थारुहरुको सयुक्त लगानीमा संचालन हुनेछ। संस्थाका अध्यक्ष थारुले थारु युवाहरूलाई आत्मनिर्भर बनाउनुको ट्रेड सेन्टर खोल्न लागेको बताए। 

उनले बिशेषगरि मलेशियाबाट फर्केका र फर्किने सोच बनाईरहेका थारु युवाहरू लाई यो योजनाले सहयोग मिल्ने बताए।  ट्रेड सेन्टरको सदस्यता मलेशियामा बस्ने थारुहरु वा नेपाल फर्किसकेका थारु युवाहरूले लिन सक्ने जनाइएको छ। साथै ट्रेड सेन्टर संचालनको लागी संस्थाका सल्लाहकार रमेश पजियार थारुले ३ लाख नेपाली रुपैया आर्थिक  सहयोग गरेका छन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!