अन्ना हजारे फेरि अनसन बस्दै

Posted on: 30 Jan, 2019

माघ १६, काठमाडौं । भारतका भ्रष्टाचार विरोधी आन्दोलनका कारण चर्चित नागरिक अगुवा अन्ना हजारे फेरि अनसन बस्न लागेका छन् । उनि जन लोकपाल विधेयक कार्यान्वयनको माग गर्दै बुधबार आफ्नै गाउँमा अनसन बस्न लागेका हुन्  ।

हजारेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पटक-पटक आग्रह गर्दा पनि विधेयक कार्यान्वयन नगरेको भन्दै आन्दोलन गर्न लागेका भारतीय संचारमाध्यमले जनाएको छ ।

केही दिनअघि उनले लोकपाल र लोकायुक्त नियुक्तको माग गरेर मोदीलाई पत्रसमेत लेखेका थिए ।

केन्द्र सरकारले जनतालाई पटक-पटक धोका दिएकाले आफू अनसन बस्न परेको तर आफ्नो अनसन कुनै पार्टी वा व्यक्तिविरुद्ध नरहेको हजारेको भनाइ छ ।

भारतीय सरकारबाट पेन्सन थाप्ने गरेका पूर्वसैनिक हजारेले १६ अगस्त २०११ मा लोकपाल विधेयक पारित गराउन माग गर्दै आमरण अनसन गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!