घरमा पैसा पठाउँदा युएईमा ९ जना नेपालीले पाए सुन उपहार

Posted on: 11 Jan, 2019

पुस २७, युएई |  युएईमा ९ जना नेपालीले सुन उपहार पाएका छन् ।

अल अहलिया एक्सचेन्ज युएईको विन्टर साप्ताहिक प्रोमोसनमा उनीहरुले १०/१० ग्राम सुनको सिक्का जितेका हुन् । यो योजनामा साप्ताहिक प्रोमोसनमा हरेक हप्ता १ जनालाई १० ग्राम र मेघा पुरस्कारमा एकजनालाई १ केजी सुन उपहार राखिएको थियो ।

१ केजी सुन भने भारत कोलकत्ताका संजित मण्डलले जितेका छन् ।

सुन उपहार पाउने नेपालीहरुमा बिजेन्द्रप्रसाद मण्डल, टिकाराम श्रेष्ठ, दिक्षीत पोखरेल, विजयकुमार झा, खिमबहादुर गैरे, भीमबहादुर महत, तासी शेर्पा, रवी सहानी र सुजन तामाङ्ग छन् ।

एक्सचेन्जले आफ्ना ग्राहकलाई लक्षित गरी गत नोभेम्बर ७ देखि जनवरी ६ तारिखसम्म विन्टर प्रोमोसन योजना संचालन गरेको थियो ।

योजनामा सहभागी भइ युएईको कुनैपनि शाखाबाट आˆनो देशमा पैसा पठाउने ग्राहकमध्ये लक्की ड्र मार्फत छनोट भएकाहरुले सुन जितेका हुन् ।

उपहार जित्नेहरुलाई बिहीबार एक्सचेन्जको रस अल खेमा शाखामा एक कार्यक्रमकाबीच उपहार हस्तान्तरण गरिएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!