कास्कीमा १०२ वर्षीय वृद्धबाट मतदान

Posted on: 07 Dec, 2017

मङ्सिर २१, पोखरा । कास्कीको मादी गाउँपालिका–८ धु्रव माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०२ वर्षीय वृद्ध वामदेव सापकोटाले मतदान गर्नुभएको छ । 

त्यस्तै पोखरा–१७ महतगौडाको जानकी आधारभूत विद्यालयबाट ८९ वर्षीय चन्द्रकान्त भण्डारीले मतदान गर्नुभएको छ । 

कास्कीका ३१७ वटै मतदान केन्द्रमा शान्तिपूर्ण तवरले मतदान भइरहेको क्षेत्रीय निर्वाचन अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो । रासस  

यस बिषयमा तपाइको प्रतिक्रिया...!