गुप्तेश्वर गुफामा पुजारीको शंकास्पद मृत्यु

Posted on: 20 Nov, 2017


मङ्सिर ४, कुश्मा । पर्वत जिल्लाको जिल्लाको सदरमुकाम कुश्माबजार नजिकै रहेको प्रसिद्ध धार्मिक स्थल गुप्तेश्वर गुफाका सहायक पुजारीको शंस्कास्पद मृत्यु भएको छ ।

जिल्लाको जलजला गाउँपालिकाको लेकफाँट घर भएका अन्दाजी ५० बर्षिय गिरीधारी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक दिलिप घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार उनको शव गुफा परिसरमा भेटिएको हो । शर्माको मृत्युको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घिमिरेले अनुसन्धान पछि मात्रै हत्या, आत्महत्या वा स्वभाविक मृत्यु हो भन्ने बारेमा बताउन सकिने बताउनुभयो । उक्त शबलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पर्वतमा लैजाने तयारी  छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!