स्व. सांसद कृष्ण बहादुर मल्लको सदरमुकाममा सालीक अनावरण

Posted on: 02 May, 2017


बैशाख १९, मुगु | मुगु जिल्लाको पहिलो सांसद स्व कृष्ण बहादुर मल्लको सदरमुकाममा गमगढीमा आज  सालीक अनावरण  गरीएको छ ।  सदरमुकाम स्थापनानाको मुख्य भुमिका खेलेका मल्लको सदरमुकाम गमगढीको बिच बजारमा कृष्ण चोक नामकरण संगै सालीक अनावरण गरीएको हो । 

माननीय राष्टिय पञ्चायत सदस्य तथा  सम्माननीय  राज परिषदका सदस्य समेत रहेका मल्लले जिल्लाको सम्रग बिकास निमार्णका गतीबिधि लाई एकात्मक बनाई जिल्लाको बिकासमा महत्वपुर्ण भुमिका खेलेको भन्दै जिल्ला बिकास समितीको सहयोग तथा स्थानीयको सकृयतमा सालीक अनावरण गरएिको स्मारक निमार्ण तथा ब्याबस्थापन समितिले जनाएको छ । आज ८१ औ शुभ जन्म जयन्ती को अबसर पारी सालीक अनावरण गर्नुका साथै सालीकमा वरिष्ठ राजनितीज्ञ   पुर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्ल जिल्ला स्तरका राजनैतिक दलका प्रमुख लगायत शुभ चिन्तक लगायतले तस्विरमा माल्यापर्ण समेत गरेका थिय ।  


सालीक एवम शिलालेख अनावरण कार्यक्रम बोल्दै  वरिष्ठ राजनितीज्ञ   पुर्व शिक्षा राज्य मन्त्री हस्त बहादुर मल्लले जिल्लाको बिकास निमार्ण आर्थिक सामजीक रुपान्तरण र सदरमुकाम रारा बाट गमगढीमा ल्याउन उहाँकै पहल कदमी भएको बताउनुभयो ।  यसै बिच स्व मल्ल लाई मुगु जिल्लाका अधिकांस स्थानीयले नि स्वार्थ अर्थातवादी सच्चा र सबैको भलो गर्ने नेता रहेको बताएका छन । स्व मल्लको ७७ बर्षको उमेरमा २०७२ साल बैशाख १९ गते आजैकी दिन मृत्यु भएको थियो । - नन्द बहादुर रोकाया 

यस बिषयमा तपाइको प्रतिक्रिया...!