साउदीबाट हलवाईको शव तत्काल नेपाल ल्याउन प्रधानमन्त्रीको निर्देशन

Posted on: 15 Nov, 2016

कात्तिक ३०, काठमाडौं । दुई महिनाअघि साउदी अरवको दमाममा मृत्यु भएका बााकेका मोहमद अकवर हलवाईको शव तत्काल नेपाल ल्याउन प्रधानमन्त्री प्रचण्डले निर्देशन दिएका छन् ।

प्रधानमन्त्रीले नेपालगञ्ज-४, बाँकेका मोहमद अकबर हलवाईको शव तुरुन्त नेपाल ल्याउने व्यवस्था गर्न परराष्ट्र मन्त्रालयमार्फत् साउदी अरेबियाका लागि नेपाली दूताबासलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको निर्देशन लगत्तै परराष्ट्र सचिव बैरागीले नेपालका लागि साउदी अरवका कार्यबाहक राजदूत आनन्द शर्मालाई टेलिफोन गरी हलवाईको शव नेपाल ल्याउनेबारे प्रधानमन्त्रीको निर्देशन अवगत गराएका थिए ।

उता प्रधानमन्त्रीको निर्देशनको खबर पछि कार्यवाहक राजदूत शर्माले हलवाईको शव नेपाल ल्याउने व्यवस्था गर्न दूताबासले तुरुन्तै प्रक्रिया अगाडि बढाउने भन्दै तीन, चार दिनभित्रै शव नेपाल आउने विश्वास दिलाएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!