यूएईमा कार्यरत एक नेपाली युवकले जिते १० लाख दिरामको चिठ्ठा

Posted on: 23 May, 2023

जेठ ९, काठमाडौं | यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिरामको चिठ्ठा जितेका छन् ।

अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले उक्त चिठ्ठा जितेका हुन् ।

उनको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उनले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा जितेको यूएईको द नेशनल न्युज डटकमले जनाएको छ ।

शनिबारको लक्की ड्र घोषणा हुने बेला उनी काममा थिए । आफू विजेता बनेको जानकारी उनले सोमबारमात्र पाएका थिए ।

अविश्वसनीय रुपमा भाग्यशाली चिठ्ठा जितेपछि उनले भविष्यको योजना बनाइरहेको समाचारमा उल्लेख छ ।

उसले जितेको पैसा आफ्नो परिवारको जीवन सुधार्नमा खर्च गर्ने योजना बनाएको छन् |

उनले भने ‘म सधैं मेरो परिवारको भविष्यप्रति चिन्तित हुन्छु,’  ‘मेरो जीवन नै परिवर्तन गराइदिने यो जितप्रति महजुजप्रति आभारी छु ।’ नेपालमा रहेकी आफ्नी आमाको लागि घर किन्ने र छोराको शिक्षामा खर्च गर्ने उनको योजना छ ।

उनको बारे थप विवरण सार्वजनिक गरिएको छैन तर महजुजले आफू करोडपति बन्ने नेपालबाट तेस्रो सहभागी र महजुजले बनाएको ४३औँ करोडपति भएको बताए।

महजुजको लक्की ड्र हरेक शनिबार हुन्छ । सहभागीहरुले महजुजको ३५ दिराम पर्ने पानीको बोतल किनेर चिठ्ठामा सहभागी हुन पाउँछन् । यसबाट हरेक हप्ता (१० लाख -१ मिलियन) दिराम बराबरको चिठ्ठा घोषणा हुन्छ । यो चिठ्ठाको उच्चतम राशी भने २० लाख दिरामको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!