जापानमा बस दुर्घटनामा परि दुई जना नेपाली विद्यार्थीको मृत्यु

Posted on: 17 May, 2023

जेठ ३, काठमाडौँ | जापानमा भएको बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। जापानको सेन्दाईस्थित सहरमा बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो । 

ट्रकको ठक्करबाट मृत्यु हुनेमा एक जापानी महिला र दुई नेपाली पुरुष तीनजना रहेको जापानी मिडियाले जनाएका छन्   ।

दुर्घटनामा परी मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् ।   

यी दुई विधार्थी सेन्मोन गाक्कोउ तथा निहोनगो गाक्कोउमा अध्ययनरत रहेको जापानी मिडियाले जनाएका छन् ।

सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको जापानी मिडियाले जनाए | 

उक्त बसमा नेपाल र बंगलादेशका करिब ४० विदेशी विद्यार्थी सवार थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!