युएईमा नेपालीले जिते झण्डै ७२ करोडको चिठ्ठा

Posted on: 19 Apr, 2023

वैशाख ६, काठमाडौँ | यूएईमा कार्यरत नेपाली चालकले २ करोड दिरामको चिठ्ठा जितेका छन् । महजुज राफल ड्रमार्फत प्रथम उपहार २० मिलियन दिराम्सको चिट्ठा परेको हो ।


उनले जितेको चिठ्ठाको नेपाली रुपैयाँ ७१ करोड ७० लाख रुपैयाँ हुन आउँछ । खालिज टाइम्सका अनुसार ती नेपाली चालक सन् २०२३ मा यूएईमा यति ठुलो राशीको चिठ्ठा जित्ने पहिलो व्यक्ती हुन् ।

यो चिट्ठा दुबई सरकारको अनुमतिमा हरेक हप्ता खोल्छ र एउटा टिकटको ३५ दिराम अर्थात १२५० रुपैयाँ तिरेर अनलाइनमार्फत किन्न मिल्छ । इलेक्ट्रिकल ड्र गरेर नम्बर निकाल्ने गर्छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!