शून्य लागतमा खाडी र मलेसिया ५० हजार नेपाली उडे !

Posted on: 06 Apr, 2023

चैत २३, काठमाडौं | श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले खाडी तथा मलेसियामा करिब ५० हजार नेपाली श्रमिकहरू शून्य लागतमा उडेको बताएको छ।

मन्त्रालयका सचिव एक नारायण अर्यालले मलेसिया, कतार जस्ता मुलुकमा ५० हजार नेपाली शून्य लागतमा पुगेको बताए।

मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेले मलेसिया तथा खाडीका बहुर्राष्ट्रिय कम्पनीहरूमा नेपाली श्रमिकहरूले शून्य लागतमा जाने अवसर पाएको बताए।

फागुन महिनामा वैदेशिक रोजगारका लागि ६१ हजार आठ सय ४५ जनाले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको संख्या हो। 

नयाँ श्रम स्वीकृति लिएर मात्रै यो महिना ३६ हजार नौ सय ९४ जना विदेशिएका छन्। नयाँ तथा पुनः श्रम स्वीकृति सबैभन्दा धेरै १९ हजार आठ सय २४ जनाले मलेसियाका लागि लिएका छन्। कतारका लागि ११ हजार तीन सय तीन जनाले श्रम स्वीकृति लिएका छन्।

त्यस्तै, युएइका लागि नौ हजार सात सय ९५, साउदीका लागि नौ हजार पाँच सय तीन जनाले श्रम स्वीकृति लिएका छन्।

कुवेतका लागि दुई हजार चार सय ६२, दक्षिण कोरियाका लागि दुई हजार दुई सय र २७ रोमानियाँ एक हजार ७० जनाले श्रम स्वीकृति लिएका छन्।

फागुनमा फ्रान्स, जापान, फिनल्याण्ड, बहराइन, इजरायल, लगायत ९० मुलुकका लागि नेपालीहरूले श्रम स्वीकृति लिएका छन्।

गत माघमा ६४ हजार दुई सय ८४ जनाले श्रम स्वीकृति लिएका थिए। माघमा पनि युवाहरूको रोजाइमा मलेसिया परेको थियो। मलेसियाका लागि १६ हजार ६६३ जनाले श्रम स्वीकृति लिएका थिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!