धनुषामा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार अभियुक्त हतकडीसहित फरार

Posted on: 27 Feb, 2023

फागुन १५, धनुषा | धनुषा प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार मुद्दाका एक अभियुक्त हतकडीसहित फरार भएका छन् ।

बलात्कार मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर–१३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया भ्यानबाट हाम फालेर फरार भएका हुन् ।

जिल्ला अदालत धनुषाबाट आइतबार सात दिनको म्याद थप गरी  इलाका प्रहरी कार्यालय फर्किदै गर्दा साँझ साढे ७ बजे तिर  यदुकुहास्थित कमला नहर नजिक भ्यानबाट हामफालेर भागेको धनुषाका प्रहरी प्रवक्ता डिएसपीले बताए । रातिदेखि नै उनको खोजी कार्य तीव्र पारिएको उनले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!