कालो झण्डा देखाउनेलाई रिहा गर्न ओलीको आग्रह

Posted on: 12 Sep, 2022

भदौ २७, जनकपुर | एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई कालो झण्डा देखाउँदा पक्राउ परेकालाई रिहा गर्न आग्रह गरेका छन् । जनकपुरमा सोमबार आउँदा ओलीलाई कालो झण्डा देखाएको आरोपमा केही पक्राउ परेका थिए ।

तर, ओलीले उनीहरूलाई रिहा गर्न प्रहरीलाई आग्रह गरेका हुन् । जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा ओलीले कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका सबैलाई रिहा गर्न आग्रह गरेका हुन् ।

गलत सूचनाका आधारमा उनीहरू कालो झण्डा देखाएको भन्दै ओलीले उनीहरूलाई तत्काल रिहा गर्न प्रहरी प्रशासनलाई आग्रह गरेका हुन् 

यस बिषयमा तपाइको प्रतिक्रिया...!