धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

Posted on: 17 May, 2022

जेठ ३, धनुषा | धनुषाको जनकपुर उपमहानगरपालिका-२३ लादोबेलामा हिजो बेलुका मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय ४० वर्षीया शिलादेवी दास रहेकी छिन् । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिरोमाईलबाट महोत्तरीतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइलले हिजो बेलुकी साढे ७ बजे सडक पार गर्दै गरेकी उनलाई ठक्कर दिएको थियो । 

मोटरसाइकल सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी चौकी जिरोमाइलले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!