जनकपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

Posted on: 31 Mar, 2022

चैत १७, धनुषा । धनुषाको जनकपुर उपमहानगरपालिका–१४ मा बिहीबार स्कुल बस र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा माेटरसाइकल चालक धनुषाकै क्षिरेश्वरनाथ नगरपालिका–१ महेन्द्रनगर बस्ने ३५ वर्षीय मनोज लामिछाने रहेका छन् । 

बसको ठक्करबाट गम्भीर घाइते भएका लामिछानेलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

जनकपुरबाट लक्ष्मिनियातर्फ जाँदै गरेको पुष्पबाटिका एकेडेमीको प्रदेश २ ०३ ००१ ख ०५३२ नम्बरको बस र बा ८० प ९०९४ नम्बरको मोटसाइकल बिहान ११ बजे ठोक्किएका थिए । 

दुबै सवारी साधन सहित बस चालकलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय मुजेलियाले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!