जनकपुरमा मतदान शुरु हुनसाथ झडप, प्रहरीद्वारा आँश्रुग्यास प्रहार

Posted on: 26 Jan, 2022

माघ १२, काठमाडौँ | धनुषाको जनकपुरधाममा राष्ट्रिय सभाको मतदान जारी रहेको बेला जनमत पार्टीका कार्यकर्ताले प्रदर्शन गरेको छ।

प्रदर्शनकै क्रममा राष्ट्रिय सभा निर्वाचनको मतदान स्थलमा प्रवेश गर्न खोजेपछि प्रहरीले भिड नियन्त्रणका लागि लाठी चार्ज र दुई राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

अहिले प्रदर्शनकारी मतदान स्थलबाट तितरबितर भएका छन् । तर उनीहरुले जनकपुरधामका बिभिन्न स्थानमा प्रदर्शन जारी राखेका छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!