कांग्रेस र एसका मन्त्री थपेकै दिन मधेश सरकारबाट बाहिरियो माओवादी

Posted on: 23 May, 2023

जेठ ९, जनकपुरधाम | मधेस सरकार विस्तार हुन लागेकै बेला नेकपा माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

माओवादी संसदीय दलको बैठकले प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको दलका नेता भरत प्रसाद साहले जानकारी दिए । उनले सरकार छाड्ने कारण बताउन चाहेनन् ।

स्रोतका अनुसार सत्ता पक्षीय दलको बैठकमा मन्त्रालय टुंगिएको थिएन । तर आज मुख्यमन्त्री सरोज कुमार यादवले अचानक सरकार विस्तार गर्न लागेपछि माओवादी केन्द्र असन्तुष्टि जनाउँदै सरकार छाड्ने निर्णय गरेको छ ।

अहिले माओवादीकी सुनिता यादव उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री र रहबर अन्सारी राज्यमन्त्री छन् । माओवादीले थप एक मन्त्रालय मागेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!