आफ्नै आमाको हत्या गरेको अभियोगमा धनुषाबाट एक युवक पक्राउ

Posted on: 16 Sep, 2022

भदौ ३१, धनुषा | धनुषाको सबैला नगरपालिका–५ मखनाहा बस्ने २१ वर्षीय मनोज खत्वेलाई आफ्नै आमाको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । 


इलाका प्रहरी कार्यालय सबैलाको टोलीले मनोजलाई ३६ वर्षीया आफ्नै आमा सिकिलिया देवी खत्वेको हत्या गरेको अभियोगमा शुक्रवार बिहान पक्राउ गरेको हो । मनोजले घरायसी विवादमा आमाको टाउकोमा धारिलो हतियार प्रहार गरेको इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । उनको घटनास्थलमै मृत्यु भएको थियो । 

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान कार्य शुरू गरिएको प्रहरीले जनाएको छ । 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!