एमालेको गढ धनकुटा जिल्लामा काँग्रेसको धावा

Posted on: 16 May, 2022

जेठ २, काठमाडौँ । २०७४ को स्थानीय निकायको निर्वाचनमा अरु पार्टीलाई निल बनाएर धनकुटामा क्लिन स्वीप गरेको एमालेले यो पटक भने निराशा व्यहोर्नुपर्ने भएको छ । सात वटा पालिका रहेको धनकुटाका कांग्रेसले दुई पालिका जितिसकेको छ । अन्य दुई पालिकामा अग्रता बनाएको छ । सहिदभूमि गाउँपलिकामा निर्वाचन हुन बाँकी रहँदा बाँकी दुई पालिका मध्ये एकमा एमालेले जितेको छ भने अर्कोमा अग्रता लिएको छ । 

धनकुटाको छथार गाउँपालिकामा काँग्रेसका उम्मेदवार छत्र बहादुर सुब्बा ४३५९ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शेर बहादुर लिम्बुले ४ हजार १६४ मत पाएर पराजित भए ।

त्यस्तै काँग्रेसले धनकुटाकै साँगुरीगढी गाउँपालिकामा पनि बिजयी बनेको छ । यहाँ काँग्रेसका जितेन्द्र राईले ५३९९ मत पाएर विजयी बन्दा उनका  निकटतम प्रतिद्वन्द्वी एमालेका कुमार जंग याखाले ४ सय ८२८ मत प्राप्त गरे । 

धनकुटामा हालसम्म एमालेले एकपालिकामा जित हाँशिल गरेको छ । जिल्लाको चौविसे गाउँपालिकामा एमाले उम्मेदवार राज कुमार लिम्बुले ५०३८ मत ल्याएर बिजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्र दल बहादुर मगरले ३९९१ मत पाएर पराजित भए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!