धनकुटामा एक युवतीलाई बलात्कार गरेको आरोपमा वडाध्यक्ष पक्राउ

Posted on: 10 Jul, 2022

असार २६, धनकुटा | एक युवतीलाई बलात्कार गरेको अभियोगमा धनकुटाको सहिदभूमि गाउँपालिका–५ का वडाध्यक्ष सन्तोष राई पक्राउ परेका छन् ।

वडाध्यक्ष राईले आफूलाई होटलमा बन्धक बनाइ बलात्कार गरेको युवतीले जाहेरी दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । राईलाई शनिबार राति साढे ११ बजे धनकुटा बजारबाट पक्राउ गरिएको थियो । शुक्रबार राति हिलेबाट तेह्रथुमको बसन्तपुर बजारस्थित एक होटलमा लगेर बन्धक बनाई बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरीले जानकारी दिए ।

राईले घुम्न जाने बहानामा सहिदभूमि गाउँपालिकाको खोकुबाट तेह्रथुमको बसन्तपुर बजारमा पुर्‍याएको र घर फर्कन ढिलाइ हुने बहाना बनाएर आफूमाथि रातभर जबर्जस्ती गरेको पीडितको भनाइ छ । पक्राउ परेका ३८ वर्षीय वडाध्यक्ष राईलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी थप अनुसन्धानको प्रक्रिया अघि बढाइएको प्रहरी प्रमुख एसपीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!