बिबि गुरुङको 'फूल जस्तै' मिलियन क्लबमा प्रवेश गर्दै (भिडियो सहित)

Posted on: 26 May, 2019

जेठ १२, काठमाडौँ | हिजोआज नेपाली लोक दोहोरी गीतलाई युटुवमा आम दर्शकको साथ मिलेको छ । यसै अवसरमा बिबि गुरुङको लोक दोहोरी गीत 'फूल जस्तै' ले पनि दर्शकको अपार साथ पाएको छ । 

निकै सुमधुर स्वर, राम्रो शब्द र भिडियोका कारण यो गीत चर्चाको शिखरमा छ । यो समाचार तयार पार्दासम्म 'फूल जस्तै' बोलको गीत युटुवमा 'मिलियन क्लब'को निकै नजिक छ । यो गीत बैशाख २३ गते युटुवमा सार्वजनिक भएको हो ।

युटुवमा १० लाख भिजिटर पुगेपछि प्राय गीतलाई सफल मान्ने गरिन्छ । आइतबार बिहानसम्म (२० दिनमा) यो गीतले ९ लाख ७५ हजार भ्यु पाई सकेको छ । १२ सय भन्दा बढीले गीतमा प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया निकै सकारात्मक छन् ।


गायक बलबहादुर गुरुङको प्रस्तुतीमा ‘फूल जस्तै’ गत महिना बैशाख २३ गते सार्वजनिक भएको हो । उक्त भिडियो बिबि गुरुङको अफिसियल युटुव च्यानलबाट सार्वजनिक भएको हो । गीतमा गायक तथा मोडल सुजन लम्सालको शब्द तथा संगीत रहेको छ भने गायक बल बहादुर गुरुङलाई ख्यातिप्राप्त गायिका विष्णु माझिको सुमधुर स्वर सुन्न सकिन्छ ।

गीतमा कोरस स्वर गायक प्रसाद खप्तरी मगर, यज्ञ बिक, बाबुकृष्ण परियार, गायिका मनमाया वाईबा, सरु थापा र बिन्दा परियारको रहेको छ । 

मौसम हिमालीको निर्देशनमा निर्माण भएको भिडियोमा ख्यातिप्राप्त नायक श्याम घिमिरे र जुना सुन्दासको नृत्य तथा अभिनय रहेको छ । श्याम घिमिरे लामो बर्षपछि लोकगीतको भिडियोमा फर्किएका हुन् । मारुनी स्टुडियोमा रेकर्ड गरिएको ‘फुल जस्तै’ गीतलाई कुमार रानाले मिक्सिङ गरेका हुन् भने एरेन्जर कृष्ण बिकले गरेका छन् । 

उत्कृष्ट कोरस प्रस्तुति सहित ठूलो लगानीमा बनेको यो गित करन चैसिरको छायांकनमा बनेको हो भने प्रविन भट्टले सम्पादन गरेका हुन् । लामो समय पछि ‘फूल जस्तै’मा नृत्य गरेर पुन: लोकगीतमा फर्किएका नृत्यकार श्याम घिमिरेले आफूले निकै राम्रो गीत भएकोले यो गीतमा आफूले अभिनय गरेको बताएका छन् ।  उनले भने -'लोक गीतको युग बदलिएछ, लोकगीतको भिडियो सुटिङ गर्दा ठूलो पर्दाको सिनेमामा सुटिङ गरेजस्तै अनुभव भएको बताए ।'

भिडियो सार्वजनिक कार्यक्रममा गायक बल बहादुर गुरुङले 'फूल जस्तै' बोलको गीतको भिडियो सार्वजनिक गर्दासम्म लगभग ६ लाख खर्च भएको बताएका थिए । उनले गीतले मागे जति कुरा दिने क्रममा ठूलो रकम खर्च भएको बताएका थिए ।  

हेर्नुस् 'फूल जस्तै' - भिडियो 

यस बिषयमा तपाइको प्रतिक्रिया...!