खेमजी राना र खुश्बु बिन्दा मगरको मौलिक झ्याउरे गीत बजारमा (हेर्नुस् भिडियो)

Posted on: 05 Oct, 2018

असोज १९, काठमाडौँ | खेम्जी राना राना र खुश्बु बिन्दा मगरको मौलिक झ्याउरे गीत रस र रङ्ग बजारमा आएको छ । म्युजिक भिडियोमा नेपाली मौलिक संस्कृति र भेषभुषा सहितको नृत्य देख्न पाइन्छ । 

यस गीतको शब्द तथा लय गायक खेमजी रानाले नै गरेका छन् भने म्युजिक एरेन्ज सागर बिरहीले गरेका छन् । करन चैसिरको छांयाकनमा तयार भएको भिडियोको निर्देशन मनाङ गुरुङ गरेका हुन् । यस गीतमा मनाङ गुरुङ, रिना थापा मगर र आरुसी मगरको अभिनय रहेको छ । 

उक्त म्युजीक भिडीयोलाई गायक खेमजी रानाको आफ्नै आधिकारीक यूटूब च्यानलमा हेर्न सकिन्छ । “भेट भयो धादिङ बजारमा”बाट आफ्नो सांगीतीक यात्रा सुरु गरेका खेमजी रानाले अहीलेसम्म आधा दर्जन भन्दा बढी गीतमा आफ्नो स्वर दिईसकेका छन् । उनका “हाँसी हाँसी,आँशु नझारे आमा, नाचे हात समाउदै, यो नानिको आँखै गाजले” जस्ता गितले बजारमा निकै चर्चा कमाएका छन् । 

हेर्नुहोस् भिडियो 


यस बिषयमा तपाइको प्रतिक्रिया...!