धादिङमा दाउरा चिर्ने क्रममा रूखले च्यापिएर मृत्यु

Posted on: 14 Dec, 2022

मङ्सिर २८, धादिङ | धादिङमा एक जना पुरुषको रुखले च्यापिएर मृत्यु भएको छ । ज्वालामुखी गाउँपालिका-५ हटियागाउँ बस्ने ५६ वर्षीय लोकमान श्रेष्ठको रूखमा च्यापिएर मंगलबार दिउँसो मृत्यु भएको हो । 

सोही ठाउँस्थित बारीमा रूखको दाउरा चिर्ने क्रममा सोही रुखले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको  छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!