पहिरोले पोल ढल्यो, धादिङबेसीको बिजुली अनिश्चित

Posted on: 15 Aug, 2022

साउन ३०, धादिङ | पहिरोले विद्युत पोलमा क्षति पुगेपछि धादिङबेसी आसपासको बिजुली अवरुध्द बनेको छ । आइतबार बिहान देवीघाट सबस्टेशनबाट आएको तारुकाघाट–धादिङबेसी ३३ के.भी. प्रशारण लाइन खण्डमा पहिरोले पोल र तारमा क्षति पुगेकोले विद्युत सेवा अवरुध्द बनेको हो ।

विद्युत कार्यालय धादिङका अनुसार पहिरोले २ वटा पोल भाँचिएको छ । १० वटा विद्युत पोलमा क्षति पुगेको छ । तारहरु चुँडेका छन् ।

सडकको पहँचमार्ग नभएको ठाउँमा पोल नै भाँचिएकोले तत्काल मर्मत गर्न सकिने अवस्था छैन । नयाँ लाइन बनाउनुपर्ने भएकोले विद्युत सेवा सुचारु गराउन करिब २ दिन लाग्ने विद्युत कार्यालय धादिङले जनाएको छ । स्थानीयहरुले भने वैकल्पिक बाटो अपनाएर भएपनि बिजुलीको व्यवस्था मिलाउन माग गरिरहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!