धादिङ नीलकण्ठ मेयरमा कांग्रेस ४ सय २५ मतले अगाडि

Posted on: 15 May, 2022

जेठ १, काठमाडौँ । धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस अगाडि देखिएको छ। 

मेयर उम्मेदवार भीम ढुंगाना ४ सय २५ मतले अगाडि देखिएका हुन्। 

भीम ढुंगानाले ८६३ मत ल्याउँदा नेकपा एमालेकी गंगादेवी श्रेष्ठले ४३८ मत मात्रै ल्याएकी छन्। 

त्यस्तै उपमेयरमा माओवादी केन्द्रका दिपक विश्वकर्मा ८९८ मत ल्याएका छन् भने एमालेका फन्द्रा तामाङले ६३५ मत ल्याएका छन्। 

त्यस्तै स्वतन्त्र उम्मेदवार कल्पना अधिकारीले ३६५ मत ल्याएकी छिन्।

यस बिषयमा तपाइको प्रतिक्रिया...!