यसरी भईरहेको छ धादिङमा निषेधाज्ञाको पालना

Posted on: 29 Aug, 2020

डि. पी छत्कुली | भदौ १३, धादिङ | सरकारले दुईसय भन्दा बढि कोरोना संक्रमित भएको जिल्लालाई रेडजोनमा राखेको छ, यी जिल्लाहरु मध्य धादिङ पनि शुक्रवार देखिनै उच्च जोखिम सूचीमा परेको छ ।

धादिङ जिल्ला प्रशासन कार्यालयले भदौ १६ गतेसम्मको लागि जिल्लामा निषेधाज्ञा जारी गरेको छ । त्यसो त आज शनिवारसम्मको कोरोना संक्रमित संख्या धादिङमा २१८ पुगेको छ । स्वास्थ्यको मापदण्ड तोड्दै निषेधाज्ञालाई पनि वास्ता नगर्दै धादिङका किसानहरु भने कोरोना भन्दा पनि रसायानिक मल नपाउने होकी भन्ने चिन्तामा छन् । किसानहरु तछाड-मछाड गर्दै सनिबार बिहान देखि ठूलो भिडमा जम्मा भएको देख्न सकिन्छ । कुनै महोत्सव वा ठुलै जात्रा लागे जसरी मान्छेहरुको घुईचो देखियो । यो भिडलाई रोक्न प्रहरीहरुलाई समेत हम्मेहम्मे परेको देखियो । 

महामारीका बीच मल लिन पुगेका किसानहरु मध्ये एक हरि रिजालले भने 'कोरोनाले कहिले मरिन्छ थाहा छैन तर एक वर्ष खाने बाली नआए जतिबेला पनि मर्न सकिन्छ ।' त्यस्तै अर्का कृषक भन्छन् 'रोगले भन्दा भोकले मर्ने दिन नजिकै आईसक्यो ।' 


भिड गरेर पनि चाहेजति मल पाउन नसकेको कृषकहरुको गुनासो छ । धादिङमा बिगतको वर्षझैं यो वर्ष पनि मलको अभाव भने खड्किएको छ । कृषहरुले तोकिएको मुल्यभन्दा बढी तिर्छु भन्दा पनि पर्याप्त मल पाउन नसकेको कृषक हरी कोईरलाले बताए । उनले भने 'सरकारले जतिनै कृषिमा क्रान्ति ल्याउछौं भनेर भाषण दिएपनि चाल भने उहि विगतका वर्षको भन्दा कुनै कमी रहेन । कहाँ आयो कुशल शासन ? कहाँ भयो कृषि क्रान्ति ? दु़ई/चार पोका बिउको पोका दिदैमा क्रान्ति आउने भए..., कृषि मन्त्रालएको जयजयकार गर्नहुन्थ्यो ।' 

'सनिबार मल लिन धादिङ सदरमुकाममा लागेको भीडलाई कमसेकम टोकनबाट वितरण गरेको भए सामाजिक दुरी कायम गरेरै मल लिन सकिने थियो' एक किसानले भने । मल वितरण व्यवस्थित नहुँदा कोरोनाको डरका बीच भीडमा बसेर मल लिन बाध्य भएको एक किसानले गुनाशो गरे । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!