धादिङ नीलकण्ठद्वारा एक अर्ब २२ करोड ९१ लख बजेट विनियोजन

Posted on: 24 Jun, 2022

असार १०, धादिङ  | धादिङको नीलकण्ठ नगरपालिकाको  दोस्रो नगरसभाको पहिलो अधिवेशन सम्पन्न भएको छ । 

नगरसभाले आर्थिक वर्ष २०७९/०८० का लागि १ अर्ब २२ करोड ९१ लख २३ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।


कृषि तथा पर्यटन प्रवर्द्धनका लागि १ करोड ३० लाख, सहकारी विकास कार्यक्रम अगाडि बढाउन ३० लाख विनियोजन गरिएको छ । सामाजिक विकासतर्फ ५२ करोड ४६ लाख विनियोजन गरिएको छ । जसअन्तर्गत स्वास्थ्यमा ७ करोड ४६ लाख, शिक्षामा ३९ करोड ४३ लाख, युवा तथा खेलकुदमा २५ लाख बजेट विनियोजन गरिएको छ । 

पूर्वाधार विकासअन्तर्गत आगामी पाँच वर्षसम्म वडा कार्यलयसम्म पुग्ने सडक कालोपत्रे गरिने गरी ३० करोड ३७ लाख बजेट विनियोजन गरिएको बताइएको छ । सडक, पुल, भवन, सिंचाइका लागि २७ करोड ६४ लाख, कार्यसम्पादनलाई प्रविधिमैत्री बनाउन २ करोड १५ लाख विनियोजन गरिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!