दार्चुलामा भिरबाट एक जनाको लडेर मृत्यु !

Posted on: 16 Dec, 2021

पुस १, काठमाडौँ | दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ खालिडाँडा का गजेन्द्र सिंह धामीको भिरबाट लडेर मृत्यु भएको हो । खर फगला फडानी गर्ने क्रममा  बुधबार भिरबाट लडेर धामीको घटनास्थलमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

धामी बेलुकासम्म पनि घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा मृत अवस्थामा करिब एक सय मिटर तल खोलामा फेला परेका थिए। मृतक धामीका दुई छोरा र दुई छोरी रहेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!