दार्चुलाको पिपलचौरी केन्द्रको मतदान रोकियो

Posted on: 13 May, 2022

वैशाख ३०, दार्चुला | दार्चुलाको दुहुँ गाउँपालपका–१ स्थित पिपलचौरी मावि मतदान केन्द्रको मतदान रोकिएको छ ।

उम्मेदवारका प्रतिनिधिबीच भएको विवादका कारण मतदान रोकिएको बाजुराका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । 

उनका अनुसार अनुसार अशक्त मतदाताले कसरी मतदान गर्ने भन्ने विषयमा उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा मतदान नै रोकिएको हो । 

मतदान सुरु गर्ने विषयमा अहिले सर्व दलीय बैठक बसिरहेको प्रहरी प्रमुख विष्टले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!