मोडलिङ्गमा जम्दै भुवन्त

Posted on: 23 Jan, 2017

माघ १०, दार्चुला । पछिल्लो समय विभिन्न हास्य टेलिश्रृखंलाहरुमा देखिएका भुवन्त धामी पछिल्लो समयमा देउडा तथा दोहरी गायक नवराज बिष्ट र दिपा रोकायाको आवाजमा रहेको सुदुरपश्चिमेलि देउडा गित “रुनु रहेछ” मार्फत आफ्नो म्युजिक भिडियो यात्रा पनि सफल पार्दछैन् ।

हालसालै कञ्चनपुरको विभिन्न प्रसिद्ध स्थलहरुमा छायांकन सम्पन्न गरिएको उक्त गितको भिडियो केहि समयमै बजारमा आउदै गरेको जानकारी दिदै भुवन्त भन्छन् “हामिले निक्कै नै मेहनत गरेर यो भिडियो निमार्ण गरेका छौं र अहिले छायांकन कार्य सकिएर, भिडियो सम्पादन कार्य पनि अन्तिम चरणमा रहेको छ ।”

सु.प. कलाकार संगम मञ्चको ब्यानरमा निर्मित उक्त म्युजिक भिडियो मार्फत निर्देशन र छायांकनमा पनि नयाँ अनुहारहरु डेब्यु गर्दैछन् । यस अघि विभिन्न कार्यक्रमहरुमा नृत्य निर्देशकको भुमिका निभाईसकेका दिनेश बोहरा पनि यो भिडियो मार्फत आफ्नो करियर क्षेत्रमा डेब्यु गरेका छन् भने विभिन्न कायक्रमहरु नृत्य निर्देशन र छायांकन गरिसकेका सु.प.कालकार संगम मञ्चका प्रबन्धक निर्देशक भोजराज अवस्थि पनि यो भिडियो मार्फत आफ्नो म्युजिक भिडियो क्षेत्रमा डेब्यु गरेका छन् । 

गायक नवराज बिष्टकै शब्द तथा लय रहेको “रुनु रहेछ”, गित यस अघि नै बजार आईसकेको छ । “प्रेममा सफल हुन नसकेको कुरालाई यस गित मार्फत नयाँ तरिकाले छायाँकन र निर्देशन गरेर बजारमा ल्याउन लागिरहेका छौं र यसमा हामी प्राय जसो सबैको नयाँ अनुभव पनि भएकाले यसमा हामिले धेरै नै मेहनत गरेका छौ भन्छन् यस गितमा छायांकन, निर्देशन र सह–भुमिकामा प्रस्तुत हुनु भएका भोजराज आवस्थि ।”

सुदुरपश्चिमा स्थानिय शब्दमा धेरै गितहरु बजारमा रहे पनि तिनिहरुको भिडियो संख्या अत्यन्तै न्युन अवस्थमा रहेको हुदा सो कार्यलाई जोड दिदै र सुदुरपश्चिमको भाषा, कला, संस्कुतिको जगेर्ना गर्ने उद्धेश्यले उक्त म्युजिक भिडियो बजारमा आउन लागेको निर्माण पक्षको भनाई रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!