दाङमा सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ

Posted on: 13 Mar, 2023

फागुन २९, दाङ । एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दाङमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का ३० वर्षीय निर्मल चौधरी र २३ वर्षीय मनोज चौधरी रहेका छन् ।

घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको अवस्थामा श्रीमानलाई कुटपिट गरी दुई जनाले महिलालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले बताए । घटना शुक्रबार राति साढे १ बजे भएको हो ।


प्रहरीका अनुसार पीडित महिला तीन महिनाअघि श्रीमानको खुट्टाको उपचार गराउन भन्दै दाङ आएकी थिइन् । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराउँदा पैसा सकिएपछि श्रीमान् श्रीमती मागेर जीवन चलाइरहेका थिए ।

पीडितले घटनाबारे फागुन २७ गते दिएको जाहेरीका आधारमा प्रहरीले दुई जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ । आइतबार जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!