युवकले अर्कैसँग बिहे गरेपछि प्रेमिकाले दिइन् बलात्कारको उजुरी

Posted on: 05 Jan, 2023

पुस २१, दाङ | बिहे गर्ने आश्वासनमा आफूमाथि पटकपटक बलात्कार गरेको भन्दै दाङमा एक युवतीले प्रहरी गुहारेकी छन् । उजुरीपछि प्रहरीले बलात्कारको आरोपमा घोराही-२ बाट शिवम न्यौपानेलाई पक्राउ गरेको छ ।

यूके बस्दै आएका उनी हालैमात्रै नेपाल आएका थिए । एक २५ वर्षीया प्रेमिकाले विवाह गर्छु भन्दै फकाएर शारीरिक सम्बन्ध राखेको न्यौपानेमाथि आरोप छ ।

ती युवतीले आफूलाई विवाह गर्ने आश्वासन दिएर युवकले पटक-पटक करणी गरेको उजुरीमा उल्लेख गरेकी छन् ।

यूके हुँदादेखि नै उनीहरूबीच सामाजिक सञ्जालमार्फत कुराकानी हुँदै आएका थियो ।

यता आरोपित न्यौपानेले तीन दिन अघिमात्रै अर्कैसँग बिहे गरेका थिए । आफूलाई आश्वासन दिएर अर्कैसँग बिहे गरेपछि युवती प्रहरीमा पुगेकी हुन् ।

प्रहरीले युवक र जाहेरी दिने युवती दुवै डिभोर्सि रहेको अनुसन्धानबाट खुलेको बताएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!