दाङको तीन फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति भएको अनुमान

Posted on: 25 Oct, 2022

कात्तिक ८, दाङ | घोराही-१५ स्थित शहीद उमेश मार्ग रोडमा आगलागी हुँदा तीन फर्निचर उद्योग पूर्ण रूपमा क्षति भएको छ।

न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । 

आगलागीबाट करोडौँ रुपैयाँको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक विरबहादुर ओलीले जानकारी दिए । राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे निमन्त्रणामा आएको छ। 

नेपाल प्रहरी, सशस्त्र प्रहरी, घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिका दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको हो।

लक्ष्मीपूजामा बालिएको बत्ती कारण आगलागी भएको हुनसक्ने आशंका गरिएको छ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!