लुम्विनी प्रदेशका सभामुखद्धारा प्रथम सहिद लखन थापा प्रति श्रद्धासुमन

Posted on: 14 Feb, 2023

फागुन २, बुटवल । जहांनिया राणा शासनको विरुद्धमा विद्रोह गर्नु भएका नेपालको प्रथम सहिद क्याप्टेन लखन थापाको १४६ औ स्मृती दिवसमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उहांप्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ । 

उहांले साथै अधिकार प्राप्तीको लागी भएको जनताको जनयुद्ध, जनआन्दोलन तथा संघर्ष र क्रान्तिका महान् सहिदहरु प्रति भावपुर्ण श्रद्धासुमन व्यक्त गर्नुभयो । 

थापा मगरलाई तत्कालीन राणा शासकले वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । उहांको जन्म वि।सं।१८९१ ९ई।सं १८३४० मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार ९भञ्ज्याङ० मा भएको हो । उहांले सहादत प्राप्त गरेको दिन फागुन २ गते प्रत्येक वर्ष स्मृती दिवस मनाउदै आईएको छ । सभामुख घर्ती मगरले मंगलवार जारी शुभकामना सन्देशमा सरकारले प्रथम सहिद घोषणा गरेको सन्दर्भमा यो कुनै समुदाय वर्गको भन्दा पनि सबैको साझा दिवस भएको उल्लेख गर्नु भएको छ । 

तत्कालिन जंगबहादुर राणाको जनविरोधी शासन अन्त्य गरी नेपालमा सुनौलो युग प्रारम्भ गर्ने संकल्प गर्नु भएको उहांको विद्रोह समाजमा व्याप्त विभेद, अन्याय, अत्याचार, शोषण, दमन समाप्त गर्नु लक्षित थियो । ‘ निरंकुशता र स्वेच्छाचारिता कही कतै टिक्दैन र त्यो एकदिन समाप्त भएर जान्छ भन्ने सन्देश पनि उहांले नेतृत्व गरेको विद्रोहले दिन्छ ।’ उहाले जारी गरेको सन्देशमा उल्लेख छ । 

‘यो दिवसले नेपाली समाजले स्वतन्त्रताको लागी दिएको वलिदानीपुर्ण इतिहासलाई स्मरण त अवश्य नै गर्दछ, वीरता र एकताको सन्देश समेत प्रवाह गरेको छ । नेपाली समाजमा ब्याप्त जातिपाति, छुवाछूतजस्ता कुरीति र अन्धविश्वासलाई हटाउन नेपाली आन्दोलन, क्रान्ति र विभिन्न काल खण्डमा भएका विद्रोहरुको पनि भूमिका रहेको छ । विभिन्न काल खण्डमा भएका यि यस्ता आन्दोलनबाटै समाजवाद उन्मुख संघीय लोकतान्त्रीक गणतन्त्र स्थापित भएको हो ।  यसलाई अझै जनताको जन जिविकासंग जोडेर परिस्कृत र परिमार्जन गदै सबल र सक्षम गराउनु पर्ने छ । यसको लागी सवै जनसमुदायको भूमिका उत्तिकै महत्वपुर्ण रहन्छ । लखन थापाको १४६ औ स्मृती दिवसको अवसरमा लुम्विनी वासी तथा देश–विदेशमा रहनु भएका सम्पुर्ण आमा–बुबा, दिदी–वहिनी, दाजु भाई सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ जारी सन्देशमा उल्लेख छ ।

सभामुखद्धारा प्रथम सहिद लखन थापा प्रति श्रद्धासुमन 

 बुटवल । जहांनिया राणा शासनको विरुद्धमा विद्रोह गर्नु भएका नेपालको प्रथम सहिद क्याप्टेन लखन थापाको १४६ औ स्मृती दिवसमा लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले उहांप्रति भावपुर्ण श्रद्धासुमन अर्पण गर्नुभएको छ । 

उहांले साथै अधिकार प्राप्तीको लागी भएको जनताको जनयुद्ध, जनआन्दोलन तथा संघर्ष र क्रान्तिका महान् सहिदहरु प्रति भावपुर्ण श्रद्धासुमन व्यक्त गर्नुभयो । 

थापा मगरलाई तत्कालीन राणा शासकले वि सं १९३३ मा गोरखा जिल्लाको मनकामना मन्दिर परिसरको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइएको थियो । उहांको जन्म वि.सं.१८९१ (ई.सं १८३४) मा हालको गोरखा जिल्ला, बुङकोट–४ को काहुले भङ्गार (भञ्ज्याङ) मा भएको हो । उहांले सहादत प्राप्त गरेको दिन फागुन २ गते प्रत्येक वर्ष स्मृती दिवस मनाउदै आईएको छ । सभामुख घर्ती मगरले मंगलवार जारी शुभकामना सन्देशमा सरकारले प्रथम सहिद घोषणा गरेको सन्दर्भमा यो कुनै समुदाय वर्गको भन्दा पनि सबैको साझा दिवस भएको उल्लेख गर्नु भएको छ । 

तत्कालिन जंगबहादुर राणाको जनविरोधी शासन अन्त्य गरी नेपालमा सुनौलो युग प्रारम्भ गर्ने संकल्प गर्नु भएको उहांको विद्रोह समाजमा व्याप्त विभेद, अन्याय, अत्याचार, शोषण, दमन समाप्त गर्नु लक्षित थियो । ‘ निरंकुशता र स्वेच्छाचारिता कही कतै टिक्दैन र त्यो एकदिन समाप्त भएर जान्छ भन्ने सन्देश पनि उहांले नेतृत्व गरेको विद्रोहले दिन्छ ।’ उहाले जारी गरेको सन्देशमा उल्लेख छ । 

‘यो दिवसले नेपाली समाजले स्वतन्त्रताको लागी दिएको वलिदानीपुर्ण इतिहासलाई स्मरण त अवश्य नै गर्दछ, वीरता र एकताको सन्देश समेत प्रवाह गरेको छ । नेपाली समाजमा ब्याप्त जातिपाति, छुवाछूतजस्ता कुरीति र अन्धविश्वासलाई हटाउन नेपाली आन्दोलन, क्रान्ति र विभिन्न काल खण्डमा भएका विद्रोहरुको पनि भूमिका रहेको छ । विभिन्न काल खण्डमा भएका यि यस्ता आन्दोलनबाटै समाजवाद उन्मुख संघीय लोकतान्त्रीक गणतन्त्र स्थापित भएको हो ।  यसलाई अझै जनताको जन जिविकासंग जोडेर परिस्कृत र परिमार्जन गदै सबल र सक्षम गराउनु पर्ने छ । यसको लागी सवै जनसमुदायको भूमिका उत्तिकै महत्वपुर्ण रहन्छ । लखन थापाको १४६ औ स्मृती दिवसको अवसरमा लुम्विनी वासी तथा देश–विदेशमा रहनु भएका सम्पुर्ण आमा–बुबा, दिदी–वहिनी, दाजु भाई सम्पुर्णमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ जारी सन्देशमा उल्लेख छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!