रेखासँग मतान्तर घटाउँदै शंकर

Posted on: 23 Nov, 2022

मङ्सिर ७, दाङ । दाङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार शंकर पोख्रेलले माओवादी केन्द्रकी रेखा शर्मासँगको मतान्तर घटाउँदै लगेका छन् ।

मंगलबार (हिजो) बेलुकीसम्म झण्डै दुई हजार मत अन्तरले पछि परेका पोख्रेलले बुधबार (आज) बिहानसम्म मत अन्तर १६०० मा झारेका छन् ।

आज बिहानको मत परिणाम अनुसार रेखाले १४ हजार १०७ मत पाएकी छन् । उनलाई पछ्याइरहेका शंकर पोख्रेलले १२ हजार ४२३ मत पाएका छन् ।

हालसम्म दाङ क्षेत्र नं. २ मा ३८ हजार १३२ मत गणना भइसकेको छ । अहिले क्षेत्र नं. २ को प्रदेश सभा (२) तर्फको मत गणना भइरहेको छ । एमाले महासचिव शंकर पोख्रेलको घर यही क्षेत्रमा पर्दछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!