अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको अध्यक्षमा खरेल

Posted on: 26 Sep, 2021

असोज १०,काठमाडौँ । अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशको प्रथम सम्मेलनले घनश्याम खरेलको अध्यक्षतामा ८७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ।

दाङको घोराहीमा आयोजित सम्मेलनले खरेलको नेतृत्वमा प्रदेश कमिटी घोषणा गरेको हो। रुपेन्द्र मल्ल, अम्विका परियार र सम्झना खनाल उपाध्यक्षमा चयन भएका छन्।

प्रमुख सचिवमा राजेन्द्र विष्ट तथा सचिवहरुमा सागर पन्त, मदन जिएम, सुदर्शन पुन, दिलिप शर्मा चयन भएका छन् । प्रमोद थापा कोषाध्यक्ष बनेका छन् ।

पूर्वसभामुख तथा माओवादी (केन्द्र) का पार्टी प्रवक्ता कृष्णबहादुर महराको उपस्थितिमा सम्पन्न सम्मेलनलाई संगठनका पूर्वअध्यक्ष नरेन्द्र न्यौपाने, उपाध्यक्ष तिलकराज भण्डारी, दिपेश पुन उपमहासचिव तुकमान महरा, मिलन एमसी कोषाध्यक्ष केशव रावल लगायतले सम्बोधन गरेका थिए।


यस बिषयमा तपाइको प्रतिक्रिया...!