दैलेखमा अरिङ्गालको टोकाइबाट एक जनाको मृत्यु

Posted on: 25 Sep, 2021

असोज ९, काठमाडौँ  । दैलेखमा अरिङ्गालको टोकाइबाट पुरुषको ज्यान गएको छ। जिल्लाको ठाँटीकाँध ५ बुढागाउँका ४८ वर्षीय देवबहादुर शाहीको मृत्यु भएको हो । 

बिहीबार स्कुलमा छोराको सर्टिफिकेट लिन जाने क्रममा कालो अरिङ्गालले टोक्दा देवबहादुर घाइते भएका थिए । समाजसेवी समेत रहेका शाहीले स्कुल जाने बाटोमा अरिङ्गालको गोलो देखेपछि धपाउने प्रयास गरेका थिए । सोही क्रममा गम्भीर घाइते भएका शाहीलाई क्षेत्रीय अस्पताल सुर्खेतमा आइसीयुमा राखेर उपचार गरिएको थियो। तर ढिला भइसकेकाले उपचारकै क्रममा शुक्रवार राति ९ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!