दैलेख महाबु गाउँपालिका अध्यक्ष गुरुङ्गको निधन

Posted on: 10 Feb, 2023

माघ २७, काठमाडौँ | दैलेखको महाबु गाउँपालिकाका अध्यक् गुरूङको निधन भएको छ ।

शुक्रबार मध्यान्ह करिब १२ बजेको समयमा अध्यक्ष गुरूङको निधन भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । दैलेख सदरमुकामको एक मेडिकलमा उपचार गरेर घर फर्किएका अध्यक्ष गुरूङको स्वास्थ्य अझ बिग्रिएपछि नभएपछि थप उपचारको लागि जिल्ला अस्पतालमा आएका थिए ।

प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालयमा काम लागि जाने क्रममा एक्कासी स्वास्थ्यामा समस्या देखिएपछि उनलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको थियो । उनी ७५ वर्षका थिए ।

स्रोतका अनुसार अध्यक्ष गुरूङ पहिलादेखि नै ब्लडप्रेसरका बिरामी थिए । गत वैशाखको स्थानीय चुनावमा गुरुङ नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!