दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा बिक निर्वाचित

Posted on: 10 Feb, 2018

माघ २७, दैलेख । दैलेख उद्योग बाणिज्य संघको अध्यक्षमा कुलबहादुर बिक विजयी भएका छन् । 

गयराति सम्पन्न मतगणना अनुसार बिकले ८ सय ५५ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्वन्दी नरेन्द्रबहादुर थापाले ७ सय ८४ मत प्राप्त गरेका छन् । बिहीबारदेखि सुरु भएको संघको अधिवेशनले १७ सदस्यीय कार्यसमिति गठन गर्दै सकिएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!