सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

Posted on: 07 Oct, 2021

असोज २१ , काठमाडौं। मन्त्रिपरिषद्लाई टुंगो लगाउने विषयमा गठबन्धनका शीर्ष नेताको बालुटारमा बैठक बसेको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

मन्त्रिमण्डल विस्तार अघि सत्तारुढ दलका नेताहरु मन्त्रालय भागण्डामा भएको सहमतिलाई अन्तिम रुप दिन छलफलमा बसेका हुन्। यसअघि सत्तारुढ दलले मन्त्रालयको भागबण्डा गर्दा काँग्रेसलाई सात, माओवादी केन्द्रलाई ६ तथा नेकपा एकीकृत समाजवादी र जनता समाजवादीलाई चार-चार मन्त्रालय पाउने गरी छलफल भएको थियो। तर त्यसमा नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएपछि पुन गठबन्धनको बैठक बसेको हो।

मन्त्रिपरिषदलाई पूर्णता दिने विषयमा छलफल गर्न गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिए। गठबन्धनमा कुरा मिले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!