बाल गायक प्रिन्सको “दशै मनाउने हो” सार्वजनिक (भिडियो सहित)

Posted on: 07 Oct, 2018

राजेन्द्र आचार्य | असोज २१, चितवन | नेपालीहरुको महान् चाड नजिकएसगैँ नयाँ दशै गीतहरु बजारमा आईरहेका छन् ।

भने पछिल्लो समयमा गीतसंतिमा बाल पुस्ताको सक्रियता समेत बढेको छ । यससगैँ चितवन सौराहाका प्रिन्स सिलवाल पनि आफ्नो दोश्रो गीत बजारमा ल्याएका छन् । पहिलो गीत रेर्कडसगैँ आफ्नो अलग पहिचान दिलाएका उनले दोश्रो गीतको भिडियोसहित बजारमा ल्याएका छ ।

प्रिन्सको “दशै मनाउने हो” गीतको एक समारोहका विच कृषि मन्त्री बलदेव खनालले भिडियोसहित विमोचन गरेका छन् । राष्ट्रिय नाचघर परिसरमा राष्ट्रिय संगितकर्मी संघले आयोजना गरेको वडा दशै शुभकामना आदानप्रदान र सम्मान कार्यक्रममा मन्त्री खनालले प्रिन्सको सो गीत सार्वजनिक गरेका हुन् ।

सोही अवसरमा बालय अवस्थामै संगीत क्षेत्रमा आई फरक क्षमता प्रर्दशन गरेको भन्दै संगितकर्मी संघले प्रिन्सलाई सम्मान समेत गरेको थियो ।

रमेश पाठकको शब्द संगितमा रहेको गीतलाई नरेन्द्र बियोगीले संगित संयोजन गरेका छन् । भने प्रिन्सको साथमा अर्की बाल गायिका दिप्सि भट्टले स्वरमा साथ दिएकी छिन् ।

प्रिन्सको यसअघि ‘न मानामा नापिन्छ माया’ रेर्कड भएपनि केहिदिनमा मात्रै बजारमा आउदैछ । उनले रेर्कड गरेको यो गीत नै राम्रो लागेपछि उनले प्रतिभा देखर आफुले शब्द र संगीत गरि दोश्रो गीत दशै आयो बजार ल्याएको संगीतकार रमेश पाठकले बताए ।

यस्तै दशै आयो गीतको भिडियो भने बुद्ध लामाको निर्देशन गरेका हुन् ।  प्रिन्स सिलवाल र दिप्सि भट्टकै लामाले  काठमाडौंको स्वयम्बु र फुटुम आसपास छायांकन गरिएका हुन् । दिपेन्द्र भट्टले खिचेको भिडियोलाई भट्टलेनै सम्पादन गरेका छन ।

जब नेपालिको महान चाड दशै आउछ तब हरेक बाल बालिकामा देखिने छुट्टै खुसी रौनक्तालाई कलात्मक ढङगले भिडियोमा प्रस्तुत गरेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!