चितवनको भरतपुरमा श्रीमान्-श्रीमती मृत फेला

Posted on: 10 Jan, 2023

पुस २६, भरतपुर | चितवनको भरतपुर महानगरपालिका-२९ मा श्रीमान् श्रीमती मृत अवस्थामा फेला परेका छन् ।

भरतपुरको वडा नं. २९ को कार्यालय पछाडि खेतबारी भन्ने ठाँउमा २७/२८८ वर्षका प्रेम रानामगर झुण्डिएको अवस्थामा र उनकी श्रीमती २४/२५ वर्षकी शान्ति रानामगर भुईँमा मृत भेटिएका हुन् ।


अहिले प्रहरी घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीको नेतृत्वमा प्रहरी टोलीले घटनास्थलको मुचुल्का तयार गर्ने र अनुसन्धान गरिरहेको छ ।

मृतक प्रेमबहादुरले कुटपिट गरेर श्रीमती मारेर आफू झुण्डिएर आत्महत्या गरेको हुनसक्ने स्थानीयहरुले बताएका छन् । उनीहरुका बीचमा घरमा झैझगडा भैरहने गरेको एक स्थानीयले बताए ।

प्रेमबहादुर ज्याला मजदुरी गर्दथे भने, श्रीमती गृहणी थिइन् । उनीहरुको एक छोरा छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!