चितवन २ मा एमाले उम्मेदवारले ५५४ मत पाउँदा रवि लामिछानेको कति ? (अपडेट)

Posted on: 21 Nov, 2022

मङ्सिर ५, चितवन । चितवन-२ को मतगणना जारी छ । जारी मत गणनामा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिईरहेका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् ।

पोखरेलले ५५४ मत पाएका छन् । त्यस्तै एमालेलाई पछ्याईरहेका नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३५७ मत पाएका छन् । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८७ मत मात्र पाएका छन् । 

यो क्षेत्रमा इच्छाकामना गाउँपालिकाको वडा नं १ र २ बाट मत गणना सुरु गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!