खुकुरी प्रहारबाट चितवनमा एक जनाको हत्या

Posted on: 29 Oct, 2022

कात्तिक १२, चितवन | चितवनमा खुकुरी प्रहारबाट एक जनाको हत्या भएको छ।

शनिबार बिहान १ बजे माडी नगरपालिका–४ धुसेरीका ३२ वर्षीय जीवन नेपालीको हत्या भएको जिल्ला प्रहरी कार्यालयका एक सूचना अधिकारीले जानकारी दिए। 

उनको हत्या गरेको आशंकामा प्रहरीले गैंगाकोट नगरपालिका-७ का ३४ वर्षीय सुरेशबहादुर कुमाललाई पक्राउ गरेको छ। 

आज आफ्नै घरमा मृतावस्थामा भेटिएका नेपालीको टाउकोमा गहिरो चोट लागेको र घटनास्थलमा खुकुरी भेटिएको थियो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको सूचना अधिकारी पण्डितले बताए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!