चितवनमा अटो ग्यारेजमा आगलागी, ३२ मोटरसाइकल जल्यो

Posted on: 25 Oct, 2022

कात्तिक ८, काठमाडौँ | चितवनको एउटा अटो ग्यारेजमा भएको आगलागीमा ३२ वटा मोटरसाइकल जलेको छ । 

 रत्ननगर नगरपालिका-१ सौराहा चोकमा रहेको न्यू कालिका अटो पार्टसमा आज बिहान ३ : ५० बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।


आगलागीबाट नयाँ पुराना गरी ३२ वटा मोटरसाइकल जलेका छन् । नयाँ १२ वटा र पुराना २० भन्दा बढी मोटरसाइकल जलेर क्षति भएका छन् । क्षतिको यकिन विवरण आउन  बाँकी छ ।

तिहारमा बालिएका बत्तीबाट विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । आगो भरतपुर महानगरपालिका र खैरहनी नगरपालिकाका वारुणयन्त्रले झण्डै तीन घण्टामा नियन्त्रणमा लिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!