चितवनमा धारिलो हतियार प्रहारबाट एक जनाको मृत्यु

Posted on: 09 May, 2022

वैशाख २६, चितवन | भरतपुर महानगरपालिका–१२ मिलनचोक बस्ने २५ वर्षीय अनिल परियारको धारिलो हतियार प्रहारबाट आइतबार राति मृत्यु भएको छ । 

सोही महानगरपालिका–७ कृष्णपुर नगर प्लटीङस्थित मोटरसाइकल आएका २/३ जना अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गर्दा अनिल गम्भीर घाइते भएका थिए । 

उक्त खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र प्रहरी बिट कृष्णपुरबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । 

घटनामा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!