जनताका आवश्यकताअनुसार विकासका काम गर्छु : मन्त्री पाण्डे

Posted on: 11 Feb, 2023

माघ २८, चितवन | सहरी विकासमन्त्री विक्रम पाण्डेले जनताका आवश्यकताअनुसार विकासका काम गर्ने बताउनुभएको छ । भरतपुर महानगरपालिका–१५ स्थित   आधारभूत विद्यालय सूर्यपुरको ५९औँ वार्षिकोत्सवलाई आज सम्बोधन  गर्दै उहाँले जनताको विश्वास खेर जान नदिने गरी काम गर्ने उल्लेख गर्नुभयो । 

“आफ्नो कार्यकालमा जनता र राज्यको पक्षमा काम गर्छु”, उहाँले भन्नुभयो, “कसैलाई काखा र कसैलाई पाखा नगरी समान दृष्टिले विकासका योजना अघि बढाउँछु ।”

फरक प्रसङ्गमा मन्त्री मन्त्री पाण्डेले सरकारी विद्यालयलाई निजीसँग प्रतिस्पर्धी बनाउने गरी काम गर्नुपर्ने समय आएको बताउनुभयो । यसका लागि फरक सोचका साथ विद्यालयलाई अघि बढाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा बाग्मती प्रदेशसभा सदस्य गीता गुरुङ, वडाध्यक्ष श्रीकृष्ण देवकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद लम्साललगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!