चितवन–२ बाट रवि लामिछानेको जित निश्चित, गनेको मतमध्ये आधा बढी घण्टीमा

Posted on: 24 Nov, 2022

मङ्सिर ८, चितवन | चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी हुने निश्चित भएको छ। 

८४ हजार ३ सय १७ जनाले मतदान गरेको यो क्षेत्रमा ७९ हजार २ सय १५ मत गणना हुँदा लामिछानेले ४५ हजार ९ सय ३४ मत प्राप्त गरिसकेका छन्। 


उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ४ सय ६ र नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ५४ मत प्राप्त गरेका छन्। 

रवि श्रेष्ठभन्दा ३१ हजार ५ सय २८ भोटले अघि छन्। गणना गर्न बाँकी मत भन्दा उनले बनाएको अग्रता बढी भएसँगै जित निश्चित भएको हो।

यस बिषयमा तपाइको प्रतिक्रिया...!