जगन्नाथको वडामा मतगणना सुरू, रेणुको अग्रता कायमै

Posted on: 18 May, 2022

जेठ ४, चितवन | भरतपुर महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको वडामा मतगणना सुरू भएको छ ।अहिलेसम्म २८६४३ मत गनिसकिएको छ । १ देखि ६ सम्म सकेर अहिले पौडेलको वडामा गन्न सुरू गरिएको छ ।

जारी मतगणनामा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता कायमै राखेकी छिन् । उनले १० हजार मतको आँकडा पार गरेकी छिन् । रेणुले १० हजार ४ सय ४९ मत ल्याउँदा नेकपा एमालेका विजय सुवेदीले ८ हजार ५ सय ९७ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार पौडेलले ४ हजार ६ सय ९६ मत पाएका छन् ।

उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले १३ हजार ४ सय ९६ र राप्रपाकी हिमला गुरुङले ६ हजार ९ सय ९२ मत प्राप्त गरेकी छिन् । सो वडाको अध्यक्षमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता लिएका छन् ।

नेकपा एसका उम्मेदवारले वडा अध्यक्षमा ४ सय ९३ मत ल्याउँदा एमालेका उम्मेदवारले ४ सय मत ल्याएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!